Quantcast
peoplepill id: rajendra-bimal
RB
1 views today
6 views this week
Rajendra Bimal

Rajendra Bimal Nepali writer

Nepali writer
The basics
Quick Facts
Intro Nepali writer
Is Writer
From Nepal
Type Literature
Gender male
Birth 1 January 1947
Age: 73 years
The details
Biography

राजेन्द्र विमल (सन् १९४७ - ) साहित्यकार हुन् । उनलाई डा. राजेन्द्र विमलका नामले चिनिन्छ ।

जीवनी

उनको जन्म सन् १९४७ जनवरी १मा देवीचोक, जनकपुर-१०मा भएको हो । उनले नेपाली, हिन्दी र मैथिली विषयमा स्नातकोत्तर गरेका छन् । साथै, उनी भाषा विज्ञान विषयका पिएचडी हुन् । डा. विमल वि.सं. २०२९ सालदेखि अटुट रूपमा त्रिभुवन विश्वविद्यालयमा नेपाली विषय अध्यापन गर्दै आएका छन् ।

कृतिहरू

उनको १२ वर्षको उमेरमा पहिलो लघुकथा 'आर्यावर्त' हिन्दी दैनिकमा प्रकाशित भएको थियो । १५ वर्षको उमेरमा आर्यावर्तमै प्रकाशित 'कचनार के पेंड' कथा निकै लोकप्रिय भएको थियो । त्यसै वर्ष मिथिला मिहीर (मैथिली मासिक)मा 'मुईल बच्चा' कथा प्रकाशित भएको थियो । एसएलसी परीक्षापछिको फुर्सदको समयमा उनले 'चान अहाँ उदास छी' उपन्यास लेखेका थिए । सन् १९६६ पछि उनी गोरखापत्र, पञ्चवाणी, बैदेहीलगायतका पत्रपत्रिकामा लेख्न थालेका थिए । उनको राजेन्द्र विमलका कथाहरू (कथासंग्रह), नवनीत नेपाल परिचय (परिचय, वि.सं. २०४४) प्रकाशित छ ।

पुरस्कार

उनलाई मिथिला क्षेत्रमा विगत चार दशकदेखि मैथिल भाषी विद्यार्थीहरूलाई नेपाली भाषामा शिक्षित गराउने पुनीत कार्यका साथै नेपाली भाषामा अनेक ग्रन्थ रचना गरी नेपाली भाषा वाङमयलाई समृद्ध तुल्याएबापत वि.सं. २०६६को जगदम्बाश्री पुरस्कारद्वारा सम्मानित गरियो ।

The contents of this page are sourced from Wikipedia article. The contents are available under the CC BY-SA 4.0 license.
comments so far.
Comments
arrow-left arrow-right arrow-up arrow-down instagram whatsapp myspace quora soundcloud spotify tumblr vk website youtube stumbleupon comments comments pandora gplay iheart tunein pandora gplay iheart tunein itunes