Biography
Lists
Also Viewed
Quick Facts
Intro | First women Chief District Officer of Nepal | |
Places | Nepal | |
is | Politician Civil servant Officer | |
Work field | Politics | |
Gender |
|
Biography
उषा नेपाल नेपालको पहिलो महिला प्रमुख जिल्ला अधिकारी र नेपाल निर्वाचन आयोगको पूर्व आयुक्त हुन्। उनी वि.सं. २०४६ सालको राजनीतिक परिवर्तनपछि बनेको अन्तरिम सरकारमा भक्तपुरमा पहिलोपटक प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी निर्वाह गरेकी थिइन्।
जीवनी
उनको जन्म महोत्तरी जिल्लामा भएको हो। उषाले विराटनगर, काठमाडौँ, भारतहुँदै मनोविज्ञान विषयमा स्नातकोत्तर र कानुनमा स्नातक समेत उतीर्ण गरेकी थिइन्। वि.सं. २०२६ सालदेखि ९ वर्षसम्म त्रि-चन्द्र कलेजमा उनी मनोविज्ञान पढाउँने गर्थिन्।
सेवा
अध्यापनपछि उनले स्थानीय विकास मन्त्रालयमा काम सुरु गरेकी थिइन्। स्थानीय विकासबाट आपूर्ति मन्त्रालयहुँदै उनी गृह मन्त्रालयमा काम गर्न पुगेकी थिइन्। वि.सं. २०४६ सालको राजनीतिक परिवर्तनपछि उनी भक्तपुरमा प्रमुख जिल्ला अधिकारी बनेर जिम्मेवारी निर्वाह गरेकी थिइन्।
भक्तपुरपछि उनी ललितपुर, काठमाडौँ, पर्सा, बाँके, सोलुखुम्बु, मुस्ताङसम्म त्यही पदमा काम गरेकी थिइन्। सरकारी सेवाबाट सेवानिवृत्त भएपछि उनी वि.सं. २०६४ सालको निर्वाचनमा नेपाल निर्वाचन आयोगको आयुक्तमा नियुक्त भएकी थिइन्।