Nimesh Gurung

Nepalese long distance runner and police officer
The basics

Quick Facts

IntroNepalese long distance runner and police officer
PlacesNepal
isAthlete
Work fieldSports
Gender
Male
Birth30 May 1988, Nepal, Nepal
Age36 years
Star signGemini
The details

Biography

निमेश गुरूङ (Nimesh Gurung) एक नेपाली दौडका खेलाडी हुन् । उनले हाल सम्म पनि (२०१८ सम्म) कुनै पनि दौड प्रतियोगितामा नेपालको तर्फबाट आधिकारिक रूपमा सहभागीता नजनाए पनि आफ्नो प्रत्येक सहभागीतामा नेपाललाई भने चिनाउने काम गर्दै आएका छन् । साथै उनी एक सिङ्गापुरे पुलिस अझ नेपाली स्थानीय भाषामा एक सिङ्गापुरे लाहुरे पनि हुन् ।


सिङ्गापुर पुलिसमा भर्ना भएको करिब ३ वर्षपछि उनले आफूलाई एथ्लेटिक्समा उतारेका थिए, र अहिले सिंगापुर पुलिसका ५ र १० किलोमिटरका सबैभन्दा उत्कृष्ट धावक हुन् । साथै उनले ५ तथा १० किलोमिटरको दौडमा आफ्नो नाममा नयाँ सिङ्गापुरे रेकर्ड राख्न सफल भएका छन् ।

उनले हालसम्म ५ दर्जन स्वर्णसहित ३ सयभन्दा बढी पदक जितिसकेका छन् । उनको कोठा मेडलै मेडलले भरिएको छ । सम्मानपत्र र अन्तर्राष्ट्रिय मिडियमा पाएको कभरेजको सूची लामै छ । यस्तै सिंगापुरबाट दौड सिकेर अन्तर्राष्ट्रिय स्तरमै आफूलाई अब्बल बनाएका निमेशका लागि नेपालको झण्डा लिएर अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने अबको योजना रहेको छ ।

प्रारम्भिक जीवन

बाल्यकाल

संखुवासभा जिल्लाको एक विकट बस्ती मादी मूलखर्क–५ चिरैते गाउँमा जन्मिएका निमेशको बाल्यकाल दुःख तथा अभावैअभावमा बितेको थियो । उनी परिवारका जेठा छोरा थिए । वैदेशिक रोजगारीमा गएका बुबा कमाउनुको सातो बिरामी परे असक्त भएर घर फर्किए । त्यसपछि निमेशको परिवारलाई दुःखको गहु्रंगोे भारीले थिच्एको थियो ।

शिक्षा

उनले औपचारिक शिक्षाका रूपमा कक्षा १२ सम्म अध्यायन गरेका थिए । भने उनले विद्यालय स्तरका शिक्षा स्थानीय गाउँमानै हासिल गरेका थिए ।

खेल कार्यकाल

शुरूवाती कार्यकाल

निमेश २००८ मा सिङ्गापुर प्रहरीमा भर्ना भएका थिए। फैजमा भर्ना भएपछि उनी केही मोटाए। त्यस पछि उनी तौल घटाउन दौडिन शुरू गरेका थिए। उनले दौडेकै भरमा ७/८ महिनामै १५ किलोसम्म तौल घटाएका थिए र त्यसपछि उनलाई लाग्यो म पनि धावक बन्नसक्छु। त्यसो त गोरखा रेजिमेन्टका अन्य सदस्यहरूले दौड प्रतियोगिता जितेर मेडल लिएर आउँदा उनलाई पनि धावक बन्ने सुसुप्त इच्छा नजागेको जाग्ने गरेको थियो। त्यस पछि सिङ्गापुर पुलिसमा भर्ना भएको ३ वर्षपछि उनले आफूलाई एथ्लेटिक्समा उतारे र अहिले सिङ्गापुर पुलिसका ५ र १० किलोमिटरका सबैभन्दा उत्कृष्ट धावक हुन सफल भएका छन्।

सिङ्गापुरे कीर्तिमान

प्रशिक्षकबिना खेल कार्यकाललाई अघि बढाएका निमेशले सन् २०१३ को अन्त्यतिर सिङ्गापुरको एथ्लेटिक्समा तहल्का मच्चाएका थिए। उनले त्यसबेला ५ हजार र १० हजार मिटर दौडमा सिङ्गापुरको राष्ट्रिय कीर्तिमान तोडे। ५ हजार मिटरमा २५ वर्ष पुरानो रेकर्ड तोड्ने क्रममा १५ मिनेट २४ सेकेन्डमा पूरा गरे। ५ हजार मिटरमा सन् १९८८ पछि कोही धावकले पनि रेकर्ड तोड्न सकेका थिएनन्। १० हजार मिटरमा भने उनले १० वर्षपछि नयाँ कीर्तिमान बनाएका थिए।

व्यक्तिगत उत्कृष्ट प्रदर्शनी

  • निमेश गुरूङले कायम गरेका रेकर्डहरू :-
प्रतियोगितासमय (सेकेन्ड)वर्षरेकर्डटिप्पणी
५,००० मीटर सिङ्गापुर राष्ट्रिय च्याम्पियनसिप१५ मिनेट २४ सेकेन्ड२०१३सिङ्गापुर राष्ट्रिय रेकर्ड२५ वर्ष पुरानो रेकर्ड
१०,००० मीटर सिङ्गापुर राष्ट्रिय च्याम्पियनसिप_२०१३सिङ्गापुर राष्ट्रिय रेकर्ड१० वर्ष पुरानो रेकर्ड

सम्मान तथा पुरस्कारहरू

  • सिंगापुर होमटिम स्पोर्टस्म्यान अफ दी इयर २०१८

सन्दर्भ सामाग्रीहरू

The contents of this page are sourced from Wikipedia article on 01 Jan 2020. The contents are available under the CC BY-SA 4.0 license.