Bahadur Budha Chhetri

Nepalese politician
The basics

Quick Facts

IntroNepalese politician
PlacesNepal
isPolitician
Work fieldPolitics
Gender
Male
The details

Biography

राजबहादुर बुढा क्षेत्री

दैलेख जिल्ला क्षेत्र नं. २ बाट निर्वाचित ४२ वर्षीय राजबहादुर बुढा क्षेत्री नेकपा-एमालेका सभासद हुनुहुन्छ। २०३१ सालदेखि राजनीतिमा सक्रिय क्षेत्री हाल एमाले दैलेख जिल्ला कमिटी सदस्य हुनुहुन्छ। यसअघि उहाँले पार्टीको जिल्ला कमिटी उपसचिव र भेरी अञ्चल समन्वय कमिटी, सामाजिक सेवा विभाग सदस्यका रूपमा कार्य गरिसक्नुभएको छ। सभासद क्षेत्री राजनीतिक संघर्षका क्रममा पञ्चायतकालमा धेरै वर्ष अर्घभूमिगत रूपमा सक्रिय हुनुहुन्थ्यो। २०४२ सालको सत्याग्रहमा सक्रिय रहेका क्षेत्री २०४३ सालमा काठमाडौंमा पक्राउ पर्नुभएको थियो। पूर्व राजा ज्ञानेन्द्रको पालामा भएको प्रतिगमन विरोधी आन्दोलनका क्रममा उहाँ ३ महीना जेल पर्नुभएको थियो। त्रिभुवन विश्वविद्यालयबाट बी.एड. र विज्ञानमा स्नातकोत्तर क्षेत्री अध्यापन कार्यमा समेत संलग्न रही आउनुभएको छ। उहाँ एक छोराका पिता हुनुहुन्छ। मार्क्सवादी सिद्धान्तको अध्ययन उहाँको रुचिको विषय हो। संविधानसभा निर्वाचनमा आफ्नो व्यवहारसँग सबै पक्ष सहमत भएकोले सबै विचारका मानिसले भोट दिएर जिताएको बताउने क्षेत्रीले संविधानसभामा सामन्तवादको समूल अन्त्य र अर्थिक-सामाजिक विकासको लागि उपयुक्त राष्ट्रिय नैतिको निर्माणका मुद्दाहरूलाई प्रमुखतासाथ उठाउने संकल्प गर्नुभएको छ।

सन्दर्भ

The contents of this page are sourced from Wikipedia article on 12 Jul 2020. The contents are available under the CC BY-SA 4.0 license.